शनिबार, कार्तिक ८ २०८३
ताजा अपडेट

जेठान प्रकरण: प्रधान न्यायाधीश चोलेन्द्रको एमालेले माग्यो तत्काल राजीनामा !


  • सोमबार, असोज २५ २०७८
11.2K
SHARES

फाईल तस्बिर

नेकपा एमालेले प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको  तत्काल राजीनामा दिनु पर्ने धारणा राखेको छ । प्रधान न्यायाधीशका जेठानले राजीनामा दिई सकेको अवस्थामा पनि एमालेले नैतिकताको आधारमा जबराले राजिनामा दिनुपर्ने बताएका छन् ।

प्रधान न्यायाधीशले किन परमादेशबाट शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाए भन्ने कुरो जनताले स्पष्टै बुझेको र उनले नैतिकताका आधारमा तत्काल राजीनामा दिनु पर्ने बताएका छन् ।

एमाले राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराईलेले कुनै पनि कष्टमा नैतिकताका आधारमा राजीनामा दिनै पर्ने अडान राखेका छन् । देउवालाई किन प्रधानमन्त्री बनाइएको भन्ने कुरो गजेन्द्र हमाल प्रकरण बाट प्रस्टै जनताले थाहा पाइसकेको समेत उनको दाबी थियो ।

गजेन्द्र हमालले राजीनामा दिनु मात्रै समस्याको समाधान नहुने बताउँदै समस्याको जड प्रधानमन्त्री र प्रधानन्यायाधीश भएकाले प्रधानन्याधिश ले मार्ग प्रशस्त गर्नु पर्ने एमालेको जोड छ ।

संसदीय मूल्य मान्यता र स्वतन्त्र न्यायपालिकाको मान्यताविरुद्ध गठबन्धन सरकार र न्यायालय हिँडिरहेको भट्टराईको भनाई छ । ‘यो गजेन्द्र हमालको मात्रै कुरा होइन, यो त अदालत र सरकारको कुरा हो, लोकतन्त्र र संविधानको धज्जी उहाँहरुले उडाउनुभयो’, भट्टराईले भने, ‘बन्नेको भन्दा पनि बनाउनेको गल्ती हो । उहाँले राजीनामा गर्दैमा सब ठीकठाक भयो या हुन्छ भन्ने होइन ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा