शनिबार, कार्तिक ८ २०८३
ताजा अपडेट

ल्याङ ल्याङमा नअड्किऊ, आज भोलीनै संसद् विघटन गरेर जनतामा जाऔँ : ईश्वर पोखरेल


  • सोमबार, असोज २५ २०७८
13.4K
SHARES

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले मुलुकका पछिल्ला राजनीतिक घटनाक्रमले केपी ओली नेतृत्वको सरकारले गरेको ताजा जनादेशमा जाने निर्णयनै ठिक भएको जिकिर गरेका छन् ।

विजयादशमीको अबसरमा आयोजना गरिएको एक कार्यक्रममा पोखरेलले निर्वाचनअघि नेपाली कांग्रेस नेतृत्वको सरकारसँग कुनै सत्ता गठबन्धन नहुने पनि स्पष्ट पारे।

उनले प्रतिनिधिसभाको विघटनलाई सर्वोच्च अदालतले पुनःस्थापनाको फैसला गरेका कारण एमाले प्रतिपक्षमा पुगेको र आउँदो निर्वाचनबाट पुनःजनादेश पाउने विश्वास व्यक्त गरे।

उनले ल्याङ ल्याङमा नअड्किउ, आज भोलीनै संसद बिघटन गरेर जनतामा जाऔ भन्ने सन्देस दिएका थिए । मन्त्रिमण्डल विस्तारका क्रममा न्यायपालिका जोडिएको विषयमा सोधिएको प्रश्नमा महासचिव पोखरेलले भने, ‘तपाईहरुले देखिरहनु भएकै छ, यो तमासा र विकृति कसरी वा किन भयो रु यसको वास्तविकता सञ्चार क्षेत्रले नै उजगार गरोस्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा