शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

विश्वकप छनोट : अर्जेन्टिनाको जित, ब्राजिलको विजयी यात्रामा पूर्णविराम


  • सोमबार, असोज २५ २०७८
8.4K
SHARES

फिफा विश्वकप २०२२ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा ब्राजिलको विजयी यात्रामा पूर्णविराम लागेको छ।

छनोटमा यसअघि लगातार ९ खेलमा जित हात पारेको ब्राजिल आफ्नो दशौं खेलमा भने बराबरीमा रोकियो। ब्राजिललाई सोमबार विहान सम्पन्न खेलमा कोलम्बियाले गोलरहित बराबरीमा रोकेको हो।

खेलमा ब्राजिलले अवसर पाए पनि सदुपयोग गर्न सकेन। राफिन्हा, फ्रेड र  एन्थोनी पाएका अवसरमा चुकेका थिए। बराबरीपछि पनि अंक तालिकामा ब्राजिलको अग्रता ९ अंकको छ। शीर्ष स्थानको ब्राजिलले १० खेलबाट २८ अंक जोडेको छ।

दोस्रो स्थानको अर्जेन्टिनाको १० खेलबाट १९ अंक छ। अर्जेन्टिनाले भने आफ्नो दशौं खेलमा उरुग्वेलाई ३-० गोलले पराजित गर्‍यो। अर्जेन्टिनाको जितमा कप्तान लिओनल मेसीले ३८ मिनेटमा पहिलो गोल गरे।

डि पाउलले ४४ मिनेटमा अग्रत दोब्बर पार्दा लाउटारो मार्टिनेजले ६२ मिनेटमा तेस्रो गोल गरेका थिए।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा