शनिबार, साउन ९ २०८३
ताजा अपडेट

माधव नेपालको मन्त्रीहरूलाई कडा निर्देशन : मदिरा सेवन गर्ने बानी त्याग्नुहोस्, महिलासँग नाम नजोडियोस्


  • आइतबार, असोज २४ २०७८
11.7K
SHARES

फाईल तस्बिर

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट नवनियुक्त मन्त्रीहरूलाई बदनामी कमाउने र विवादमा पर्ने कुनैपनि कामहरू नगर्न आफ्ना मन्त्रीहरूलाई निर्देशन गरेका छन् ।

उनले भनेका छन् हाम्रा मन्त्रीहरूबाट नराम्रा काम हुने छैनन् भन्ने कुराको हामीले आशा र अपेक्षा गरेका छौँ। स्वच्छ र सादा जीवन, असल आचरण र संस्कारको अवलम्बन गर्नुहुनेछ’ नेपालले भने, ‘मन्त्रीहरू रक्सी खाएर मात्तिएर, बेलुकी फाइभस्टार होटेलमा गएको देखिएको, रक्सी खाने बानी छ भने पनि त्याग्न र महिलासँग जोडिएका त्यस्ता कुनै कुराहरू सुन्नु नपरोस्। त्यस्ता व्यवहारहरू तपाईँहरूबाट नहोस्।’ भन्दै आफ्ना मन्त्री हरूलाई निर्देश गरेका हुन ।

उनले पार्टीको नेतृत्व र पार्टीले जिम्मेवारी दिएको विभागसँग काममा समन्वय गर्न पार्टीको निर्देशन र सल्लाहलाई केन्द्रबिन्दुमा राखेर काम सम्पन्न गर्न निर्देशन दिए।

विज्ञ र अनुभवीहरूसँग नियमित रुपमा राय, परामर्श लिने चलन बसाल्न तथा गठबन्धनको भावनाअनुरुप अरू दलसँगसमेत सहकार्य गर्नेगरी कार्यसम्पादन गर्नु उनले सुझाए। अध्यक्ष नेपालले मन्त्रिपरिषद् बैठकमा आउने विभिन्न विषयवस्तुहरूमाथि अगाडि नै सामुहिक रुपमा बसेर, छलफल गरेर साझा राय बनाएर मात्रै प्रस्तुत हुन निर्देशन दिए।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा