शनिबार, कार्तिक ८ २०८३
ताजा अपडेट

म फेरि महासचिवमा दोहोरिन्न : ईश्वर पोखरेल


  • आइतबार, असोज २४ २०७८
8.3K
SHARES

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले आफू फेरि एमाले महासचिवमा नदोहोरिने बताएका छन् । आइतबार पोखरेलले सञ्चारकर्मीबीच बडा दसैँको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रममा महासचिव पोखरेलले आफू दुईचोटी महासचिव भैसकेको भन्दै अब फेरि नदोहोरिने बताएका हुन् ।

‘म दुईपटक एमालेको महासचिव भइसकेँ, तपाईंहरुलाई स्पष्ट भन्छु–अब म महासचिवमा दोहोरिन्न’, पोखरेलको भनाइ छ ।  उनले अबको आफ्नो भूमिका के हुने कस्तो हुने भन्ने टिममा भर पर्ने भन्दै एमालेमा आगामी नेतृत्वमा कुनै हानथाप नभएको समेत स्पष्ट पारे ।

महासचिव पोखरेललाई पत्रकारहरूले तपाई आगामी दिनमा वरिष्ठ उपाध्यक्ष हुने कि अध्यक्ष हुने ? भनेर गरेको प्रश्नमा स्पष्ट पार्न भने चाहेनन् । पोखरेलले एमाले नेतृत्वको सरकारले गरेका कामहरू घोषणापत्र अनुसार भएकी भएनन् भनेर रिडिङ गर्न आग्रह समेत गरे । नेकपा एमालेले आगामी मङ्सिरमा नेतृत्व चयनका लागि दसौँ राष्ट्रिय महाधिवेशन गर्दैछ ।  फरक प्रसङ्गमा पोखरेलले अहिले देशमा दुईवटा राजनीतिक पोल रहेको भन्दै एउटा पोलको नेतृत्व नेकपा एमालेले गरेको बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा