शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

भिजन विहीन रामचन्द्र पौडेल सभापति भए काँग्रेस सकिन्छ : सुजाता कोइराला 


  • आइतबार, असोज २४ २०७८
9.7K
SHARES

फाइल तस्विर

नेपाली काङ्ग्रेसकी नेतृ तथा पूर्व उपप्रधान मन्त्री एबमं सांसद सुजाता कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई सभापति नउठ्न आग्रह गरेकी छन् ।
आसन्न महाधिवेशनमा रामचन्द्र पौडेललाई आफूले सहयोग नगर्ने बताएकी छन् ।

एक टेलिभिजन कार्यक्रममा बोल्दै रामचन्द्र पौडेल सँग कुनै भिजन नभएको बताउदै अब रामचन्द्र पौडेल सभापति बने शेरबहादुर देउवाले जतिको पनि पार्टी चलाउन नसक्ने जिकिर उनको थियो ।

गिरिजा बाबुकै पाला देखि रामचन्द्र पौडेलले बखेडा झिक्ने गरेको दबी गर्दै  कोईरालाले रामचन्द्र पौडेलबाट काँग्रेसले अब आस गर्ने ठाउ नरहेको उनको बुझाई छ ।

रामचन्द्र पौडेलले अरुलाईनै सभापति छोड्नु पर्ने बताएकी नेतृ कोईरालाले अर्को व्यक्ति को हो भन्ने चाही खुलाउन चाहिनन् । केन्द्रीय सदस्य समेत रहेकी कोइरालाले अब पुराना कुरा गरेर पौडेलले जनताको मन जित्न नसक्ने बताइन । आफूले रामचन्द्र पौडेललाई कुनै पनि हालतमा सहयोग नगर्ने समेत उनले बताइन ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा