उद्योग मन्त्री गजेन्द्र हमालले आइतबार बिहान राजीनामा दिएका छन् ।२२ गते मन्त्री नियुक्त भएका हमालले जम्मा ३ दिन मन्त्री बनेर इतिहासमा नयाँ रेकर्ड राखेर प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष आज राजीनामा बुझाएका हुन ।
स्रोतका अनुसार उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेर राजीनामा बुझाएका हुन् । प्रधानमन्त्रीको सचिवालयले केहीबेरअघि हमालले मन्त्री पदबाट राजीनामा दिएर फर्किसकेको बतायो ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप लागेपछि २२ असोजमा मन्त्री नियुक्त भएका हमालले तीन दिनमै राजीनामा दिएका हुन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।