शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

कांग्रेसले बनायो सांसद नरहेका गजेन्द्र हमाललाई मन्त्री !


  • शुक्रबार, असोज २२ २०७८
6.6K
SHARES

फाईल तस्बिर

प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद विस्तार गर्न लागेका छन्। प्रधानमन्त्री देउवाले आज नेपाली कांग्रेसबाट पाँच जना नयाँ मन्त्री बनाउन लागेका हुन्।

तीमध्ये एक हुन्- नेपालगञ्जका कांग्रेस नेता गजेन्द्र हमाल। उनी प्रतिनिधि सभा सांसद छैनन्। सांसद नरहेका हमाललाई प्रधानमन्त्री देउवाले मन्त्री बनाउन लागेका हुन्।

संविधानको व्यवस्थाअनुसार सांसद नरहेको व्यक्ति छ महिनासम्म मन्त्री हुन पाउँछ।

‘मन्त्री हुनेहरूको नाम राष्ट्रपति कार्यालय पठाइसकिएको छ, आजै सपथग्रहण हुन्छ,’ स्रोतले भन्यो, ‘गजेन्द्र हमाल पनि मन्त्री हुँदै हुनुहुन्छ।’

यसअघि हमाललाई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको कोटामा मन्त्री बनाउन लागेको चर्चा चलेको थियो। प्रधानन्यायाधीश राणाका नातेदार हमाल कांग्रेसको राजनीतिमा पनि छन्।

उनलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिइएको स्रोतको भनाइ छ। कांग्रेसले रक्षा मन्त्रीमा मिनेन्द्र रिजाल, कानुन मन्त्रीमा दिलेन्द्र बडु, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीमा उमा रेग्मी, खानेपानी मन्त्रीमा उमाकान्त चौधरीलाई पठाउने भएको छ।

यस्तै सञ्चार मन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्कीलाई पठाइने भएको छ। कार्की यसअघि कानुन मन्त्री थिए।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई प्रधानमन्त्री देउवाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमै राखेका छन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा