शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

शीतल निवासमा राष्ट्रपति र प्रधानमन्त्रीबीच भेट, नयाँ मन्त्रीको सपथग्रहण ‘परम्परा’अनुसार


  • शुक्रबार, असोज २२ २०७८
11.8K
SHARES

फाइल तस्विर

मन्त्रिमण्डललाई पूर्णता दिने तयारीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । नयाँ मन्त्रीको सपथग्रहण कसरी गराउने भन्ने बारे छलफल गर्न प्रधानमन्त्री देउवा शीतल निवास पुगेका हुन् ।

शुक्रबार बिहान राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री देउवा शीतलनिवास पुगेका थिए । भेटमा प्रधानमन्त्री र राष्ट्रपतिबीच सपथका बारेमा छलफल भएको हो । अहिले सपथबारे नयाँ कानुन बनिनसकेको र अध्यादेश समेत खारेज भैसकेकाले कुन कानुन अन्र्तगत सपथ खुवाउने भन्ने प्रश्न उठेको छ ।

यसअघि परराष्ट्रमन्त्रीका रुपमा सपथ खाएका डा.नारायण खड्काको सन्दर्भमा पनि विवाद सिर्जना भएको छ । सोही मध्यनजर गर्दै राष्ट्रपति र प्रधानमन्त्रीबीच आज छलफल भएको राष्ट्रपति निकट स्रोतले बताएको छ ।

अध्यादेश खारेज भैसकेको छ । अर्को कानुन बनिसकेको छैन । त्यसैले परम्पराअनुसार नै सपथ गराइने तयारी भइरहेको छ’, राष्ट्रपति स्रोतले भन्यो, ‘कहिलेकाहीँ परम्परा पनि कानुनअनुसार लागू हुन्छ ।’ शीतल निवास पुगे पनि प्रधानमन्त्रीले नयाँ मन्त्री नियुक्तिको सूची भने राष्ट्रपतिलाई नबुझाइ फर्केका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा