शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

संसदीय दलमा देउवासँग भिड्ने म, मलाई बाइपास गरेर भाग खान खोज्ने भन्दै कड्किए प्रकाशमान !


  • शुक्रबार, असोज २२ २०७८
10K
SHARES

फाइल तस्बिर

नेपाली कांग्रेसका पूर्व माहामन्त्री गणेशमान पुत्र प्रकाशमान सिंहले ‘संसदीय दलमा शेरबहादुर देउवासँग भिड्ने म ,तर शेरबहादुरलाई भोट हाल्ने हरू मन्त्रीको भग खोज्ने भन्दै पौडेल र महामन्त्री कोइरालाको सातो खाएका छन् ।

उनले मलाई बाइपास गरेर विपक्षी समूहबाट अरूले भाग खोज्ने ? हिजो शेरबहादुरलाई संसदीय दलको नेतामा भोट दिनेहरू आम विपक्षी समूहबाट भाग खोजेर हुन्छ ? भन्दै सिंह आगो भएको स्रोत बताउँछ ।

सत्तारुढ गठबन्धनमा मन्त्रालयको भागबण्डा मिलेपनि नेपाली काँग्रेसमा भने विवाद देखिएको छ । काँग्रेस मन्त्रालयको भागबण्डामा असन्तुष्टि जनाउँदै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले मन्त्रीको नाम दिएको छैन । प्रधानमन्त्री शेरबहादुर देउवाले आफू पक्षीय ७ जना नेतालाई सरकारमा सहभागी गराउन खोजेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल समूह २ मन्त्रालय स्वीकार नगर्ने अडानमा छ ।

बालुवाटारमा बसेको काँग्रेस शीर्ष नेताको बैठकमा पौडेल समूहले तीन मन्त्रालय पाउनुपर्ने माग गरेको थियो । तर, प्रधानमन्त्री देउवाले २ भन्दा बढी मन्त्रालय दिन नसक्ने बताएपछि पौडेल समूह असन्तुष्ट भएको हो । पौडेलले आफ्नो समूहमा भएका तीन (पौडेल, कोइराला र सिंह) गुटबाट एक–एक जना सरकारमा पठाउनुपर्ने बाध्यता सुनाएका थिए । तर, देउवाले पौडेलको वाध्यताको सुनुवाइ गरेनन् ।

यता महामन्त्री शशांक कोइरालाले सुजाता कोइराला र मिनेन्द्र रिजाल मध्ये एक जना उठाउन खोजेका छन् । प्रधानमन्त्री देउवाले दुई मन्त्रालय मात्र दिने बताएपछि प्रकाशमान सिंहले भाग नपाउने अवस्था आएको छ । सिंहले राजन केसीलाई मन्त्री बनाउन खोजेका थिए । पौडेल र कोइराला पक्षबाट सरकारमा सहभागिता हुने देखिएपनि सिंह आक्रोशित छन् । पौडेल समूहको बैठकमा देउवासँग संसदीय दलमा भिडेकाले पार्टीको विपक्षी नेता आफू भएको सिंहको दाबी थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा