डा. गोविन्द केसीले राज्यको नीति निर्माणमा शैक्षिक तथा मेडिकल माफियाहरूको हस्तक्षेप भएको भन्दै सत्याग्रह बस्ने चेतावनी दिएका छन्।
चिकित्सा शिक्षा आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले शैक्षिक र मेडिकल माफियाहरूको स्वार्थमा आयोगलाई तहसनहस बनाउन लागेको भन्दै उनले चेतावनी दिएका हुन्।
उनले राज्यको नीति निर्माणमा शैक्षिक र मेडिकल माफियाहरूको हस्तक्षेप रोक्न माग राखेका छन्।
डा. केसीले चार बुँदामा आफ्नो मागहरू राखेका छन्। ती मागहरू पूरा नभएमा कुनै पनि बेला सत्याग्रह बस्ने चेतावनी दिएका हुन्।
प्रधानमन्त्री देउवाले अस्पतालै नबनाइ, पढाउँदै नपढाइ नर्सिंग लगायतका कोर्सका डिग्री बेच्ने गरेका पार्टी कार्यकर्ता तथा माफियाहरूका लागि आकस्मिक रूपमा चिकित्सा शिक्षा आयोगको बैठक बोलाएका छन्,’ केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘त्यसको मुख्य एजेण्डा चिकित्सा शिक्षा ऐनलाई कुल्चँदै नपढाइ डिग्री बेच्ने कलेजहरूलाई नयाँ भर्ना खुलाउनु हो।’
केही महिना अघि डा.केसीले सत्याग्रहको घोषणा गरेका थिए। तर त्यत्तिबेला प्रधानमन्त्री देउवाले पाँच बुँदे प्रतिबद्धता गरेपछि सत्याग्रह स्थगित भएको थियो। तर प्रतिबद्धता पूरा गर्नुको सट्टामा आयोगलाई नै धराशायी बनाउन खोजेको उनको आरोप छ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।