शनिबार, साउन ३० २०८३
ताजा अपडेट

प्रहरीमा जागिर खाने की ? झन्डै छ सय जनालाई जागिर खुल्यो


  • शुक्रबार, असोज २२ २०७८
11.4K
SHARES

नेपाल प्रहरीले झन्डै छ सय संख्यामा प्रहरी माग गरेको छ। जनपद समूहतर्फ प्रहरी सहायक निरीक्षक र प्राविधिक समूहअन्तर्गत विभिन्न उपसमूहतर्फ प्राविधिक प्रहरी जवान पदहरूमा जागिर खुलेको हो।

प्रसनिका लागि ३६७ जना माग भएको छ भने प्राविधिक प्रहरी जवानतर्फ २२८ जनाको माग भएको छ। इच्छुकहरूलाई आवेदन दिन प्रहरी प्रधान कार्यालयले आग्रह गरेको छ।

कात्तिक ३ गतेदेखि मंसिर १२ गतेभित्र आवदेन दिइसक्नुपर्नेछ। प्रसनिका लागि तीन सय र प्रहरी जवानलाई एक सय ५० दस्तुर लाग्नेछ।

प्रसनिका लागि प्लस टु गरेको र १८ वर्ष पूरा भएर २४ वर्ष ननाघेको हुनुपर्नेछ। साथै प्रहरी जवानलाई एसएलसी गरेको र १८ वर्ष पूरा भई २३ वर्ष ननाघेको हुनुपर्नेछ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा