आइतबार, असोज ३१ २०७८
ताजा अपडेट

देउवा बाट काँग्रेसको नेतृत्व पार लागेन, यो अधिवेशनबाट बिदा गर्नु पर्छ : रामचन्द्र पौडेल


  • KTM Khabar
  • बिहिबार, असोज २१ २०७८
969
SHARES

फाइल तस्विर

काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति देउवाको नेतृत्वले काँग्रेस कमजोर भएको बताएका छन् ।

कुनै पनि हालतमा देउवाको विकल्प दिनु पर्ने अबस्था आएको भन्दै नेता पौडेलले देउवालाई बिदा गरेर नयाँ नेतृत्व ल्याउने कसरत आफूहरूको भइरहेको बताएका छन् । नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै लोकतान्त्रिक पार्टी भएका कारण लोकतान्त्रिक तवरबाटै नयाँ नेतृत्व आउने सङ्केत गरेका छन् ।

पौडेलले भने, “सभापति देउवाको सचिवालयले पालिकाको नेतृत्वमा सभापति पक्षको बहुमत रहेको भनेर हिजो फेक न्यूज पठायो ।

मुलुकलाई थाहा छ, ठूला महानगरपालिकाको नेतृत्व हाम्रो पक्षका साथीहरुले जित्नुभएको छ, अधिकांश जिल्ला र क्षेत्रमा हाम्रै साथीहरु नेतृत्वमा आउनुभएको छ ।

महाधिवेशन प्रतिनिधि सर्वत्र हाम्रो पक्षबाटै चुनिएर आएका छन् । हाम्रो पक्षमा लहर देखेर देउवा नेतृत्व अतालिएको समेत पौडेलको दाबी थियो ।

पौडेलले आफ्नो समूह एकजुट रहेको र समय आयपछि सभापतिको उम्मेदवार दिएर देउवालाई बिदा गर्ने पौडेलको सङ्केत थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा