आइतबार, असोज ३१ २०७८
ताजा अपडेट

दुई तिहाइ ल्याउदा समेत माखो नमार्ने कम्युनिस्टले मुलुकको नेतृत्व गर्न सक्दैनन् : मुख्यमन्त्री पोखरेल


  • KTM Khabar
  • बिहिबार, असोज २१ २०७८
741
SHARES

फाईल तस्बिर

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कम्युनिष्टले मुलुकको नेतृत्व गर्न नसक्ने बताएका छन् । बिहीबार नेपाली काँग्रेस पोखरा महानगरले दशैं, तिहार, नेपाल सम्बत, छठ तथा ईदको अवसर पारेर गरेको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा उनले गएको चुनावमा कम्युनिष्टले २ तिहाइ ल्याए पनि उनीहरु बीचको आन्तरिक कलहले संवैधानिक संकट निम्तेपछि काँग्रेस अघि सर्नुपरेको बताए ।

उनले भने, ‘चुनावका बेला काँग्रेससँग अत्तालिएर अप्राकृतिक गठबन्धन बनाए, सरकार बनेको केही समयमा नै खटपट सुरु भयो, आखिर गठबन्धन टुटेर छाड्यो ।’ काँग्रेस प्रतिपक्षमा बस्दा पनि रचनात्मक भूमिका खेलेको स्मरण गर्दै उनले अहिले सरकारमा रहँदा झनै जिम्मेवारी थपिएको भनाइ राखे ।

मुख्यमन्त्री पोखरेलले मुलुकमा जब संकट पर्छ तब काँग्रेसमाथि थप जिम्मेवारी आइलाग्ने गरेको जिकिर गरे । उनले २०६४ को चुनावमा माओवादी ठूलो पार्टी बने पनि संविधानसभाले संविधान दिन नसकेपछि काँग्रेस नै अग्रसर भएर संविधान जारी गरेको दावी गरे । ‘विगतका घटनाहरूले हामीलाई पाठ सिकाएका छन्, विकास र समृद्धिका लागि काँग्रेसकै नेतृत्व आवश्यक छ,’ उनले भने, ‘मुलुकमा भएका सबै खालका परिवर्तनमा काँग्रेसकै नेतृत्वदायी भूमिका रहेको छ ।’

मुख्यमन्त्री पोखरेलले काँग्रेस अहिले १४ औं महाधिवेशनमा लागिरहेको बताउँदै अब पार्टीलाई थप सशक्त बनाउनुपर्नेमा जोड दिए । पार्टीभित्र हुने आन्तरिक लोकतन्त्रका लागि चुनावी प्रक्रिया अपनाइएको बताउँदै यसलाई सहज रुपमा लिन उनले कार्यकर्तासँग आग्रह गरे ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा