शनिबार, साउन ९ २०८३
ताजा अपडेट

भ्रष्टाचारले नेता खतम: भ्रष्ट नेताको झोला बोक्ने कार्यकर्ता खतम, देश कहिले बन्ने ?


  • बिहिबार, असोज २१ २०७८
11.3K
SHARES

भ्रष्टाचारको संकेत फोटो

अहिले राजनीतिमा नैतिकता भन्ने कुराको खडेरी नै छ । मुख्य दल र दलको नेतृत्व भ्रष्ट भएको आम जनगुनासो बढ्दै छ । गणतन्त्र आएको यत्तिका वर्ष भयो तर जीवनस्तर अझ बिग्रँदो छ ।
गणतान्त्रिक मुलुकका जनताले सेवा सुविधा जम्मै पाउने नेताको भाषण खरानी भएका छन् ।

नेताहरू सत्ता र शक्तिमै लटपटिएका छन् । सत्ता बाहेक केही नदेखेको मूल नेत्रीत्वमा विचलन छ । बानीमा विचलन छ । काममा विचलन छ । विचलन भएका नेताको झोला बोक्ने कार्यकर्तामा विचलन आएको छ । आफू अनुकूल बिकासनिमार्ण गर्ने आफ्नो झोला बोकेका ठेकेदारलाई काम सुम्पने परम्परा नै बसेको छ । जनताको काम भन्दा राजनीतिक रोटी सेक्ने काम भएको आम सर्वसाधारणले महसुस गर्दै छ ।

आम सर्वसाधारणको बुझाई नेता भ्रष्ट भएर प्रस्ट नबोलेको भन्ने छ । नेतृत्वको विरोध गर्ने तागत जनतामा छैन । दुई छाक खानकै लागी सङ्घर्ष गर्ने आम जनताले पजेरो चढेर शक्ति हातमा लिएर हिँड्ने नेताको विरोध गर्ने तागत आउने पनि भएन । फेरी सबै नेताका झोला बोक्ने कार्यकर्ताको चस्मा लाएर नेतालाई हेर्नु पर्ने वातावरण छ ।

आम जनता विकास चाहन्छ । खान लाउन र स्वास्थ्ये उपचारको ग्यारेन्टी चाहन्छ तर आधारभूत आवश्यकता माथि नै दलबल सहित भ्रष्टाचारको बिउ रोप्न नेतृत्व उन्मुख देखिँदै छ ।

चाडबाड लागेको छ तर नेता र उसका झोला बोक्ने हरुको कमाऊ धन्दा बेजोड चलेको जनताको बुझाई छ ।

आम सर्वसाधारणको प्रश्न छ । यस्तै भ्रष्ट बनेर प्रष्ट नबोली कहिले मुलुक संवृद्ध हुन्छ ? यो भ्रष्टाचारको सत्ता र शक्ति पाउनकै लागी मात्रै जनताले गणतन्त्र ल्याएका थिए ? भन्ने निराशा मिसिएका प्रश्नहरू यत्रतत्र उठ्छ अनि त्यतिकै सेलाउँछन् ।

नेतृत्वले जनताको हितमा काम गर्न जरुरी छ । भ्रष्टाचार र कार्यकर्ता पोस्ने गलत आचरण त्याग्न जरुरी छ । भ्रष्ट नबनी प्रष्ट विधिको विधान मानेर जनहितमा काम गर्ने मान्छेको अहिलेको राजनीतिमा जन्मियोस् भन्ने आम सर्वसाधारणको कामना छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा