शनिबार, कार्तिक ८ २०८३
ताजा अपडेट

काँग्रेसले यो वर्ष चियापान कार्यक्रम नगर्ने


  • बिहिबार, असोज २१ २०७८
7K
SHARES

फाईल तस्बिर

नेपाली काँग्रेसले यो वर्ष चियापानको कार्यक्रम आयोजना नगर्ने भएको छ । काँग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन चियापानको कार्यक्रम आयोजना गर्दै आएको थियो ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै कोरोना महामारीका कारण चियापान कार्यक्रम नगर्ने जानकारी दिएका हुन् ।

‘महामारीको त्रास र आकार घट्दै गए पनि जोखिमलाई नजरअन्दाज गर्न मिल्दैन,’ विज्ञप्तिमा भनिएको छ । पार्टीले पर्व मनाइरहँदा कोरोना महामारीबाट आफू र आफ्नो परिवारलाई जोगाउन उच्च सतर्कता अपनाउन अपिल समेत गरेको छ ।

 


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा