नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनकी अध्यक्ष सुनिता बरालले देशको शिक्षा नीति परिवर्तन गर्नुपर्ने बताएकी छन् ।
बिहीबार पत्रकारसँग कुरा गर्दै अध्यक्ष बरालले विद्यालय तहदेखि विश्वविद्यालय तहसम्मको शिक्षा जीवनोपयोगी नभएको भन्दै विद्यालय तहको शिक्षा जीवनोपयोगी र विश्वविद्यालय तहको शिक्षा विषय विज्ञ उत्पादन गर्नेगरी शिक्षा नीति बनाउनुपर्ने बताइन् ।
स्थानीय तहहरुले आफ्नो तहको स्रोत र साधन प्रयोग गरी स्थानीय आवश्यकतालाई ध्यान दिई विषय बनाउनुपर्नेमा बरालको जोड छ । ‘अब हामीले हाम्रा नीतिहरुमा परिवर्तन गर्नुपर्छ । राष्ट्रिय शिक्षा नीति अनुसारका विश्वविद्यालयमा भएका कार्यक्रमहरु छन्,’ उनले भनिन्, ‘१२ कक्षा अध्ययन सकेर बाहिर आएको विद्यार्थी आफ्नो जीवन बाँच्न सक्ने विश्वासका साथ निस्किन्छ कि निस्किँदैन हाम्रो सबैभन्दा ठूलो चुनौतीको विषय यो हो ।
उनले विद्यार्थी संगठनहरुले काम गर्ने शैली परिवर्तन गर्नुपर्नेपनि बताइन् । समय फेरिएको उल्लेख गर्दै बरालले परिवर्तित समयअनुसार संगठनले भूमिका र कार्यशैली बदल्नुपर्ने बताइन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।