आइतबार, असोज ३१ २०७८
ताजा अपडेट

माधाब नेपालले गद्दार काम गरे, एमाले सकाउछु भन्नु पहरामा कुईनो ठोक्काउनु जस्तै हो : पोखरेल


  • KTM Khabar
  • बिहिबार, असोज २१ २०७८
969
SHARES

फाईल तस्बिर

नेकपा एमालेका नेता शंकर पोखरेलले माधव नेपालले मुलुक र जनताको लागी गद्दारी गरेको आरोप लगाएका छन् ।

एक कार्यक्रममा बोल्दै नेता पोखरेलले माधव नेपाल र प्रचण्ड एमाले सकाउने अभियानमा लागेका छन् तर एमाले सकाउनु पहरामा कुहिनो ठोकाउनु जतिकै भएको उनको टिप्पणी थियो । प्रचण्ड र माधव नेपालले नेपालको राजनितीलाई बिथोलेको यसले मुलुक लाई घाटा भएको समेत उल्लेख गरे ।

माधव नेपाल र प्रचण्डका गतिविधिले एमाले जस्तो गौरवशाली पार्टीलाई केही नहुने तर उनीहरूका गतिविधिले केही समय जनताले दुख पाउने तर्फ उनको सङ्केत थियो । नेता नेपाल र प्रचण्ड कम्युनिस्ट आन्दोलन सक्न काँग्रेसको पछि लागेको पनि उनको आरोप थियो । पोखरेलले भनेका छन्, ‘नेपाली काँग्रेस निराश बनेको थियो, माधव र प्रचण्डले आशा जगाइरहेका छन्।

कम्युनिस्टको जनमतलाई घात गर्ने नेतालाई जनताले माफ दिने छैनन् ।’ देश बरबादीतर्फ गएको जिम्मा नेपाल र प्रचण्डले लिनुपर्ने उनको तर्क थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा