भोली बाट नवरात्रीको अरम्भ हुदै छ । पहिलो दिन जमरा राख्ने चलन सबैको छ । पहिलो दिन नवदुर्गामध्ये शैलपुत्रीको पुजा एवं आराधना गरी घटस्थापना गरिँदै छ ।
घटस्थापनामा चोखो माटोको घडामा वरिपरी गोबर लेपन गरी जौ राखिन्छ । उक्त घडा दशैँ घर वा पुजाकोठामा राखी नवदुर्गाका लागि नौ भाग जमरा राखिन्छ ।
विजया दशमीका दिन प्रयोग गर्न चोखो स्थानबाट ल्याइएको बालुवा वा माटोमाथि जौ, गहुँ, धान लगायतका विजबाट जमरा राखिन्छ ।
कसरी गरिन्छ घटस्थापना ?
–समस्त देवी, देउताको आह्वान गर्दै दियो, कलस र गणेशको पुजा गर्ने । फलादी र नैवद्य अर्पण गर्ने ।
–शौभाग्य वस्त्रसहित देवी शक्ति स्वरुपा दुर्गाको पुजासहित आरती गर्ने । दुर्गा सप्तसति महाकाली, महालक्ष्मी र महासरस्वतीको पुजा गर्ने ।
–सबै देउताको पुजा गरिसकेपछि नवरात्रीको पहिलो दिन शैलपुत्रीको नाममा उपलब्ध भएका सामाग्रीका साथ पुजा अघि बढाउने । चोखो स्थानबाट माटो अथवा बालुवा ल्याउने र गाईको गोबरले लिपपोत गरिएको कोठामा जौ, मकै, गहुँ लगायतलाई विजारोपण गरी जमरा राख्ने ।
–जमरा राख्दा वस्त्रसहित सबै सामान शुद्ध गर्नुपर्छ । त्यसपछि आह्वान गर्नुपर्ने देविदेउताको आह्वान गरी पूजा गर्ने