शनिबार, साउन ३० २०८३
ताजा अपडेट

रामकुमारी झाँक्री रक्षा मन्त्री बन्ने लगभग निश्चित, अब ओली विरुद्ध आगो ओकल्न कम होला की ?


  • बुधबार, असोज २० २०७८
9.3K
SHARES

फाईल तस्बिर

प्रधानमन्त्री शेरबहादुर देउवाले आजभोलिभित्रै सरकारलाई पूर्णता दिने भए सँगै एमाले विरुद्ध आगो ओकल्दै हिँड्ने नेतृ झाँक्रीले अब ओलीका  विरुद्ध बोल्न छाड्ने आंकलन एमाले स्रोत बताउँछ ।

मन्त्री नपाएरै एमाले छोडेर गएको दाबी गर्दै मन्त्रीनै पाएपछी एमालेको विरोध कम गर्ने आकलन एमाले स्रोतको रहेको छ । अझ अगाडि थप्दै एमाले स्रोत भन्छ, अहिल्यै हो जति मन्त्री खाने चुनाव पछि झाँक्रीको नामो निसाना मेटिन्छ ।

तत्कालीन एमालेमै रहँदा पार्टी अध्यक्ष र प्रधानमन्त्री समेत रहेका केपी ओली विरुद्ध आगो ओकल्दै हिँड्ने नेत्री झाँक्री अहिले एमाले फुटेर बनेको नेकपा एकीकृत समाजवादीमा छिन् ।

सत्ता गठबन्धनमा रहेको माधव नेपाल नेतृत्वको समाजवादी दलले मन्त्रीको भागबन्डा पाए सँगै नेतृ झाँक्री रक्षा मन्त्री बन्ने ब्यापक बजार हल्ला छ ।
एमाले निकट स्रोतका अनुसार पदकै लागि माधव नेपाल ले एमाले टुक्राएको र नेतृ झाँक्री पनि मन्त्री खानकै लागि समाजवादी तिर लागेको जिकिर गर्दै पद पाए पछि एमाले विरुद्ध खनिन कम गर्ने आकलन गर्छन् ।

नेतृ झाँक्रीले भने निरन्तर एमाले र केपी ओली विरुद्ध विभिन्न टाउका कार्यक्रममा खनिई रहेकी छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा