राजनीतिमा कहिल्यै नैतिकता पनि थियो र भन्ने संशय नै खडा गर्ने गरी अनैतिकताको दलदलमा भासिन नेपालका नेताहरू लागि परेको दृश्य देखिन्छ । मूल पार्टीको मूल नेतृत्वमै बोलीमा विचलन देखिन्छ ।
हिजो देखिएका प्रचण्डको बोली आज ठिक विपरीत छ । सत्तामा हुँदा जे बोल्थे केपी ओली सत्ता बहिर्गमन पछि ठ्याक्कै उल्टो बोल्छन् । प्रतिपक्षमा रहँदा देउवाको बोली र सत्तामा पुगेपछि गर्ने व्यवहार पनि उल्टो देखिन्छ । आखिर किन नेतामा नैतिकतामा सङ्कुचन आएको छ आम जनताले प्रश्न उठाएका छन् ।
नेपाली राजनीतिमा नैतिकताको खडेरी लागेको छ । प्राय सबै दलका नेताहरूमा आफूखुसी मनलाग्दी चलेजस्तो देखिनुले जनतामा निराशा छाएको छ । कम्युनिस्ट काँग्रेस राप्रपा जुनसुकै दलका नेतामा पनि नैतिकता एक रत्ति नदेखिनुले मुलुक झन् झन् खाडलमा भासिन पुग्दै छ ।
नेपालमा पनि लोकतान्त्रिक संस्कार सङ्कुचन भएको जो केहीले भन्न सक्छन्। नागरिक समाजमा पनि क्षय आएको छ । अब नयाँ किसिमले सोच्नुपर्ने बाध्यता छ ।
नेतृत्वको मनोमानीबाट विकसित बर्तमान राजनितीमा अहिले देखिइरहेको संकटको समयमै उचित समाधान नखोज्ने हो भने यसले भोलि पनि देशमा अस्थिरता पैदा गरिरहने निश्चित छ । कारण खोजेर त्यसलाई निराकरण नगर्ने हो भने, दुःखले बनाएको संविधान, संसद् र लोकतन्त्र आगामी पुस्ताले देख्नै नपाएन बेर लाग्दैन ।
विभिन्न प्रवृत्ति र तकनिकीले हाम्रो समाजलाई नियन्त्रण गर्न सक्ने देखिँदै छ । राज्यलाई सहयोग गर्न सामाजिक सङ्घसंस्थाहरू पार्टीको झोला बोकेको गन्ध आउछ ।
जनताको सेवा गर्ने राजनीतिलाई नेताले मागिखाने भाँडो मात्र है आफू पदमा पुगे ठिक र अरू पदमा पुगे बेठिक भनेर जनताको समस्याको प्रश्न उठाउने थलो बन्दी बन्दै छ ।
प्रतिपक्षले धर्म पटक्कै निर्वाह गरिरहेको छैन । राजनीतिक रोटी सेक्नका लागि सबै लागेको प्रस्टै देख्न सकिन्छ । जनताले के पाए भन्नेतिर कसैको ध्यान गएको देखिन्न । संस्थाहरूको मर्यादा खस्किँदै गएको छ । समग्रमा यसले हाम्रो राजनीतिक क्षयीकरण गराएको छ ।
जनताका कारणले प्रतिपक्षको वाणी रोकिएको कदापी हुदै होईन । जनताको कारणले मुलुक अँध्यारो बाटामा अघि बढेको पनि हैन । प्रमुख दल कांग्रेस,एमाले र माओबदी केन्द्रको मुल नेत्रीत्वमै नैतिकताको खडेरी र बोलीमा संकुचन आएकै कारण जनताले राज्यबाट लाभ लिन सकेका छैनन ।