पुँजी बजारको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई सरकारले बर्खास्त गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश अनन्तराज डुम्रे नेतृत्वको जाँचबुझ समितिको सिफारिसअनुसार अध्यक्ष ढुंगानालाई बर्खास्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
बुक बिल्डिङ प्रक्रियामार्फत सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) जारी गर्ने तयारीमा रहेको सर्वोत्तम सिमेन्टको १० हजार कित्ता अध्यक्ष ढुंगानाकी छोरी रेबिका ढुंगानाको नाममा नामसारी भएको पाइएको थियो । पछि बोनस समेत जोडेर अहिले रेबिकाको नाममा करिब १२ हजार कित्ता शेयर रहेको छ ।
पदको दुरुपयोग गर्दै छोरीको नाममा शेयर नामसारी गराएको आरोप लागेपछि सरकारले ढुंगानामाथि जाँचबुझ गर्न समिति गठन गरेको थियो । उक्त समितिको सिफारिसका आधारमा बर्खास्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।