बुद्ध एयरको जहाज एटीआर–७२मा समस्या नआएको आन्तरिक छानबिन समितिले निष्कर्ष निकालेको छ। ल्यान्डिङ गियरमा समस्या आएपछि त्यस दिन विराटनगरबाट फर्केको विमानले काठमाडौंको आकाशमा पाँच फन्का मारेर मात्र अवतरण गरेको थियो।
तर, सो समयमा जहाजमा कुनै पनि समस्या नदेखिएको बुद्ध एयर स्रोतले जानकारी दिएको छ। बुद्ध एयरले सोमबार नेपाल नागरिक उड्डयन प्राधिकरणलाई बुझाएको आन्तरिक जाँचबुझको रिपोर्टमा सो विषय उल्लेख गरिएको छ।
बुद्ध एयरले प्राधिकरणलाई बुझाएको रिपोर्टमा भनिएको छ, ‘ककपिटमा भएको पर्याप्त स्रोत तथा साधनलाई प्रयोग गरी परिस्थितिलाई सामान्य बनाउनुभन्दा पनि बाहिरी सूचनालाई विश्वास गरिएको देखिएको छ।’ कम्पनीले यो घटनाबाट अचम्मित भएको भन्दै यसमा हुन सक्ने मानवीय त्रुटिलाई नजिकबाट केलाइने पनि जनाएको छ।
उक्त जहाज गत मंगलबारबाटै नियमित उडानमा छ। कम्पनीका प्राविधिज्ञ र प्राधिकरणका प्राविधिज्ञहरूको विस्तृत चेक जाँचपछि जहाज नियमित उडानमा पठाइएको प्राधिकरणले जानकारी दिएको छ। उक्त घटनापछि वरिष्ठ क्याप्टेन आङ्गेलु शेर्पालगायतका चालक दलका सदस्यहरू प्राधिकरणको निर्णयअनुसार नियमित उडानमा फर्किएका छैनन्।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।