बिहिबार, कार्तिक २० २०८३
ताजा अपडेट

प्रधानन्यायाधीशले मन्त्रीको भाग मागेको समाचारमा सत्यता छैन: सरकारका प्रवक्ता


  • मंगलबार, असोज १९ २०७८
10.4K
SHARES

फाईल तस्बिर

सरकारले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा मन्त्रिमण्डल विस्तारमा भाग मागेको समाचारमा कुनै सत्यता नभएको जनाएको छ।

सरकारका प्रवक्ता समेत रहेका कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानन्यायाधीश राणाले भाग मागेको भन्ने समाचार गलत भएको बताए।

‘प्रधानन्यायाधीशको भाग भन्ने किसिमले जुन किसिमको चर्चा आएको छ। त्यसमा कुनै सत्यता छैन’,उनले भने।

सेतोपाटीले सत्तारूढ नेपाली कांग्रेसकै नेताहरूसँगको कुराकानीपछि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले सरकारमा आफू निकटमा मान्छेलाई मन्त्री बनाउन भाग मागेको समाचार सबभन्दा पहिला लेखेको थियो। सरकार बनेको सय दिन पुग्नै लाग्दा समेत प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन्।

प्रवक्ता कार्कीले सत्तारूढ गठबन्धनमा मन्त्रालय भागबण्डामा सहमति जुटिसकेको बताए। मन्त्रालय कसले के राख्ने भन्ने सहमति भइसकेको छ’, कार्कीले भने, ‘चाँडै मन्त्रिपरिषद् विस्तार हुन्छ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा