शनिबार, कार्तिक ८ २०८३
ताजा अपडेट

संसदमा एमालेको नारा : कालो धन चाहिँदैन, देश लुट्न पाइँदैन


  • मंगलबार, असोज १९ २०७८
8.6K
SHARES

फाईल तस्बिर

नेकपा एमालेले ३ वर्ष भन्दा अघिको सम्पत्तिमा आयकर र मूल्य अभिवृद्धि कर मिनाहा गर्ने गरी बजेटमा गरिएको व्यवस्थाको विरोधमा संसदमा नाराबाजी गरेको छ ।

मंगलबार प्रतिनिधिसभाको वेल घेराउ गर्दै एमाले सांसदहरुले कालो धन चाहिँदैन, देश लुट्न पाइँदैन भनी नाराबाजी गरे ।

सरकारले बजेटमार्फत चिकित्सक, कलाकार, पत्रकार, खेलाडी, इन्जिनियर, कानुन व्यवसायी, लेखापरीक्षक लेखापढी व्यवसायी, परामर्श अभिकर्ता तथा मध्यस्थकर्ता, सेवा प्रदायकलगायत प्राकृतिक व्यक्तिले पछिल्लो ३ वर्षको आयकर आगामी फागुन मसान्तभित्र बुझाएमा सो भन्दा अगाडिको आयमा लाग्ने आयकर तथा मूल्य अभिवृद्धि कर मिनाहा हुने व्यवस्था गरेको छ ।

यो व्यवस्थाका कारण स्रोत नखुलेको सम्पत्तिले वैधता पाउने भन्दै एमालेले विरोध जनाएको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठक पनि एमालेले अवरोध गरेको छ । बैठक सुरु हुनेवित्तिकै एमाले सांसदहरुले वेल घेरेर नाराबाजी गरेका थिए ।

एमाले सांसदको नाराबाजीबीच सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन २०७६/७७ प्रतिनिधिसभा बैठकमा पेश गर्न अनुमति दिए । कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त प्रतिवेदन प्रस्तुत गरेपछि बैठक असोज २२ गतेसम्मका लागि स्थगित भएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा