सोमबार फेसबुक, इन्स्टाग्राम र ह्वाट्स एप करिब ६ घण्टासम्म चलेनन् । जसको कारण सामाजिक सञ्जाल एउटा जमातले चलाउन पाएन मात्रै हैन किन नचलेको भन्दै सयौँ पटक इन्टरनेट कम्पनिमा फोन डायल गरे । हाम्रो समाज बडो विचित्र को छ । कोहीलाई दुई छाक कसरी टार्ने चिन्ता छ, एउटा जमात फेसबुक हिजो किन चलेन भन्दै खोज्दै छ ।
लगभग रातको समयमा ६ घण्टा नचल्दा सामाजीक सञ्जाल प्रयोग कर्ताको जम्बो जमात नचल्नुको फाछाडिको कारण अझै खोजेको खोजै छ ।
समाजमा दालभात खान नपाएर मान्छे तड्पीनु पर्ने अवस्था छ । चाडबाड नजिकिँदै गर्दा दुई छाक टार्न नसक्ने मान्छेको समूह पनि यही मुलुकमा छ । फेसबुक चलाउन पाईएन भन्दै रुईलो मच्चाउने जमात पनि यही समाजमा भेटीए ।
हिजो एक छिन फेसबुक नचल्दा तनाब भएको प्रयोग कर्ताहरूको अनुभव सामाजिक सञ्जालमा पोखिएका छन् । यसबाट के प्रस्ट हुन्छ भने अहिले मान्छे डिजिटल बन्दै छ । बरु खान नखाई बस्न सक्छ सामाजिक सञ्जालबाट टाढिन सक्दैन भन्ने दृष्टान्त हिजो प्रस्तुत भएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।