नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी चुनावमा माओवादी केन्द्र पार्टी हर हालतमा एक नम्बर पार्टी हुनु पर्ने बताउँदै एक नम्बर पार्टी भएन भने संविधान र सङ्घीयता खारेज हुन्छ भन्ने अभिव्यक्ति दिएका छन् ।
हिजो सोमबार नेपाल बुद्धिजीवी सङ्गठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले प्रतिगामीहरूले संसद् विघटन गरेर मुलुकलाई खाडलमा हाल्न लागेकोमा आफूहरूले जितेर मुलुकलाई दलदलबाट बचाएको जिकिर समेत गरेका छन् ।
अझै काम वाकी रहेको बताउँदै अराष्ट्रिय तत्त्वहरू सलबलाएको अवस्थामा माओवादी पार्टी मुद्दा र एजेन्डा पास गर्न र संविधानलाई जोगाउन पनि पार्टी एक नम्बर हुन जरुरी रहेको बताएका छन्।
गरिब र मजदुरका निम्ति लडिरहेको प्रवृत्तिलाई अर्को प्रतिक्रान्तिकारी र प्रतिगामी प्रवृत्तिले सिध्याउन खोजिरहेको उनको भनाइ थियो ।
‘हामी एक नम्बर हुनुपर्छ । हुन्छौं । विरासत र एजेण्डाले हामी हुनुपर्छ । व्यक्तिगत स्वार्थका निम्ति होइन राष्ट्रका निम्ति हो भन्ने हामील देखाएका छौं,’ उनले भने, ‘अहिले लडाइँ ठूलो हुनेवाला छ ।
कम्युनिस्ट आन्दोलनभित्र , विसर्जनवादी प्रतिक्रान्तिकारी र प्रतिगमनकारीहरुले माओवादीलाई परास्त नगरि हुँदैन भन्ने छ । एमालेको कुम्भ मेला माओवादी र माओवादी नेतृत्व सिध्याउन खेला मात्र रहेको बताएका प्रचण्डले आगामी चुनाबमा हामी एक नम्बर भएरै आउनु पर्ने बताएका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।