शनिबार, कार्तिक ८ २०८३
ताजा अपडेट

फेरी अर्को विमान झन्डै दुर्घटना, यात्रुसहितको श्री एयरलाइन्स रनवेमा जाँदै गर्दा घाँसतिर चिप्लियो


  • मंगलबार, असोज १९ २०७८
8.3K
SHARES

फाईल तस्बिर

श्री एयरलाइन्सको एउटा जहाज मंगलबार बिहान त्रिभुवन विमानस्थलमा पार्किङबाट रनवेतिर जाँदा घाँसतिर पुगेको छ। त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार  नेपालगञ्ज जान लागेको उक्त जहाज रनवेमा जान लाग्दा घाँसतिर गएको हो।

‘पार्किङबाट निस्कने बेलामा जहाजको एउटा चक्का चिप्लिएर बाहिर गएको हो,’ विमानस्थल स्रोतले भन्यो, ‘जहाजमा कुनै क्षति भने भएको छैन।’

श्री एयरलाइन्सका प्रबन्धक अनिल मानन्धरले जहाजमा यात्रु भए पनि कसैलाई चोटपटक नलागेको बताए।  जहाजको परीक्षण भइरहेको उनले जानकारी दिए।

जहाज धावनमार्गमा नगएकाले अरू उडान भने प्रभावित नभएको विमानस्थल स्रोतले जनाएको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा