साफ च्याम्पियनसिप २०२१ मा नेपालले लगातार दोस्रो खेलमा जित हात पारेको छ। सोमबार राति मालदिभ्समा भएको खेलमा नेपालले श्रीलङ्कालाई ३-२ गोलले पराजित गर्यो।
यो सँगै प्रशिक्षकको भूमिकामा रहेका अबदुल्लाह अल्मुताइरीको प्रशंसा भएको छ । नेपाली फुटबलमा गोलको खडेरी लागेको बेला अबदुल्लाह अल्मुताइरीले टिम समाले पछि मात्रै नेपाली फुटबलले उचाइ लिन थालेको जानकारहरू बत्ताउँछन् ।
विगतमा एन्फाको विवादमा परेर अल्मुताइरीले राजीनामा नै घोषणा गरेका थिए । धन्न राजीनामा दिएनन् यदि राजीनामा दिएका थिए भने नेपाली फुटबलमा गोलको खडेरी नै रहने फ्यानहरूको बुझाई छ । नेपालले साफ गेममा लगातार दुई खेल जितिसकेको अवस्था छ ।
साफमा नेपालले श्रीलङ्कालाई २२ वर्षपछि हराएको हो। पछिल्लो पटक नेपालले साफमा श्रीलङ्कालाई सन् १९९९ मा हराएको थियो।
सोमबार खेलको ३३ मिनेटमा नेपालले खेलमा अग्रता लियो। नेपालका लागि सुमन लामाले गोल गरे।
सुमनको प्रहार सुरुमा श्रीलङ्का गोलकिपर सुजन परेराले समात्न खोज्दा फुत्किएर बारमा लागेर फर्किएको थियो। रिबाउन्डमा सुमनले गोल गर्न सफल भए। सुमनको यो पहिलो अन्तर्राष्ट्रिय गोल हो।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।