अनेरास्ववियु क्रान्तिकारीले गुरिल्ला शैली देखाएको छ । पदाधिकारी र केन्द्रीय कमिटी घोषणालाई लिएर नेकपा माओवादी केन्द्रको भ्रातृ सङ्गठन अनेरास्ववियु क्रान्तिकारीको घोषणा सभा बिथोलिएको हो ।
विवादकै कारण घोषणा सभा हलमा कुर्सी तोडफोड भएको छ।
राष्ट्रिय सम्मेलनबाट १ सय ९९ सय सदस्यिय केन्द्रीय कमिटी र २५ सदस्यीय पदाधिकारी चयन गर्ने विधान पारित गरेको थियो। तर सहमतिका लागि भन्दै तीन सय भन्दा बढी सदस्यीय केन्द्रीय कमिटी र ५५ सदस्यिय पदाधिकारी राख्न खोजेपछि विवाद बढेको हो।
विवाद बढेपछि अध्यक्ष मात्रै घोषणा गर्ने तयारी थियो। सिंगो कमिटी घोषणा गर्नुपर्ने मागसहित केही हल्ला र नाराबाजी भएको अखिल क्रान्तिकारीका निवर्तमान उपाध्यक्ष रविकिरण यादवले बताए।
हलमै तोडफोड भएको भन्ने हल्ला गलत रहेको उनको दाबी छ। तोडफोड र हानाहान नै भयो भन्ने हल्ला निराधार रहेको समेत उनले बताएका छन् ।
असोज १४ गतेबाट ३ दिनका लागि सुरू भएको २२ औं राष्ट्रिय सम्मेलनमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हस्तक्षेप गरेका थिए।
प्रचण्डकै निर्देशनमा पञ्चा सिंह क्रान्तिकारीको अध्यक्ष बनेकी छन्।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।