शनिबार, कार्तिक ८ २०८३
ताजा अपडेट

चोलेन्द्रले मन्त्रीको भाग खोजेकै हुन्, संविधानलाई सत्ताको स्वार्थसँग साटियो : नारायण वाग्ले


  • सोमबार, असोज १८ २०७८
7.5K
SHARES

फाईल तस्बिर

पत्रकार नारायण वाग्लेले प्रधान न्यायाधीश चोलेन्द्र समसेर जबराले मन्त्रीको भाग खोजेको बताएका छन् । नागरिक समूहका अगुवा समेत रहेका वाग्लेले संविधानलाई आफ्नू स्वार्थ सँग साटेको आरोप समेत लगाएका छन् ।

गठबन्धन सरकारमा आफ्नू भाग खोजेको कुरा उनको मौनताले समेत प्रस्ट पारेको उनको जिकिर थियो । पहिले पनि भाग खोज्ने गर्थे अहिले पनि खोजेको उनको ठहर छ ।
सामाजिक सञ्जाल ट्विटरमा आफ्ना धारण सार्वजनिक गर्दै उनले पहिलेको सरकारको पालामा संवैधानिक नियुक्तिको भाग खोज्ने झझल्को दिने गरी यो गठबन्धन सरकारमा पनि भाग खोजेको उनको भनाई छ ।

उनले लेखेका छन् “पहिलेको गठबन्धनकालमा संवैधानिक नियुक्तिमा भाग लिएको झझल्को दिने गरी नयाँ गठबन्धन सरकारमा मन्त्रीको भाग मागेको समाचारप्रति प्रधानन्यायाधीश जबराको मौनताले आफैँ बोलेको छ र संविधानलाई सत्ताको स्वार्थसँग साटेको छ।”


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा