नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले भक्तपुर जिल्ला पार्टी कार्यालय उद्घाटन गर्दै एमाले लाई पार्टी भन्नेहरू ओली रुचाउने झुन्डका सदस्य मात्रै भएको टिप्पणी गरेका छन् ।
भुसालले अझ अगाडि थपे नेकपा एमाले पार्टी नभएर ओलीको एउटा गुट मात्र भएको र यो ओली गुटबाट केही आस गर्न नसकिने समेत बताएका छन् ।
केपी ओलीले पार्टी कार्यकर्ताको विचारलाई सम्बोधन पटक्कै गर्न नसकेको दाबी गरे । एमालेले अङ्गीकार गरेको जबजको समेत धज्जी उडाउने काम गरेको बताउँदै ओलीलाई देवत्व करण किन गर्न खोजिएको भन्ने प्रश्न गरेका छन् ।
महासचिव भुसालले नीतिअनुसार नेता चल्नु पर्नेमा नेकपा एमालेमा नेतावादी नीति मौलाउँदै गएको चर्चा गर्दै एमाले ओेली रुचाउनेहरूको झुन्ड मात्र भएको टिप्पणी गरे ।
भुसालले पार्टीको प्रशिक्षण शैलीमा सुधार गर्नुपर्ने जनाउँदै आफ्नो पार्टीले निकट समयमै पार्टी स्कुल सञ्चालन गर्ने जानकारी दिए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।