शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

एमाले सँग बिचार पनि छैन केही पनि छैन, मात्र सूर्य चिन्ह बाकी छ : प्रचण्ड


  • सोमबार, असोज १८ २०७८
10.8K
SHARES

फाईल तस्बिर

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेमा अहिले विचार र सिद्धान्त केही नभएको टिप्पणी गरेका छन् ।

सोमबार पार्टीको वुद्धिजीवि संगठनको कार्यक्रममा उनले एमालेमा सूर्य चिह्न र मदन भण्डारीको विरासत मात्र भएको जिकिर गरे ।

‘एमालेमा विचार सिद्धान्त हुँदैन, त्यही सूर्य चिह्न छ, मदन भण्डारी भन्ने छन् । मदन भण्डारीको ठाउँमा केपी अ‍ेली बनाउन खोजिएको छ’ उनले भने, ‘विचारमा बहस हुँदैन । सबैले आफ्नो पद प्रतिष्ठाको लागि काम गर्ने गरेका छन् । त्यही स्वार्थका लागि मिल्छन् ।’

एमालेको दोस्रो पुस्ता विचारमा प्रष्ट रहेको भन्ने आफूहरुलाई भ्रम भएको प्रचण्डले बताए । दोस्रो तहका नेताहरु विचारमा चोट्टा रहेछन् भनेर हामीले आशा गर्‍यौं, नारायणकाजीजी र मैले त तिनीहरुसँग धेरै मेहनत गरेका छौं’ उनले भने, ‘पछि त तिनका विचार सिद्धान्त यही लोगोमा गएर आत्मसमर्पणमा टुंगियो । के को विचार ?’

प्रचण्डले माओवादी केन्द्र पनि यस्तै हुने खतरा रहेको भन्दै त्यसबाट बचाउनुपर्ने चुनौती रहेको बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा