नेकपा एमालेले आज काठमाडौँमा जनप्रतिनिधिको राष्ट्रिय भेला आयोजना गरेको छ ।
राष्ट्रियसभा गृहमा आज दिनभर चल्ने भेलाले पार्टी विभाजनपछिको समीक्षाका साथै आगामी चुनावी रणनीति तय हुने एमाले स्थानीय तह विभाग प्रमुख देवेन्द्र दाहालले जानकारी दिए ।
भेलामा देशभर एमालेले जितेका ६२७ पालिकाका प्रमुख,उपप्रमुख तथा ७३ जिल्ला समन्वय समितिका प्रमुख/उपप्रमुख सहभागी हुनेछन् ।
पार्टी विभाजनपछि स्थानीय तहमा पार्टीको अवस्था र अब लिनु पर्ने रणनीतिका बारेमा सहभागीहरुले रिर्पोटिङ गरेपछि अध्यक्ष केपी शर्मा ओलीले दिउँसो १ बजे सम्बोधन गर्ने दाहालले जानकारी दिए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।