भाडा बढाएर जनताबाट असुल्नु पर्यो समायोजन गर्नु पर्यो भन्दै यातायात व्यवसायीले सडकमा बस तेर्साएर उपत्यकाका बाटोहरू अस्तव्यस्त बनाएका छन् ।
भाडा समायोजनको माग राख्दै यातायात व्यवसायीले राजधानीमा बस तेर्स्याएर आन्दोलन गरेका छन्। महानगरीय ट्राफिक महाशाखाका अनुसार रिङरोडभरि ५ सय वटा बस तेर्स्याइएका छन्।
भाडा बढाउनुपर्ने माग राखेर यातायात व्यवसायीले सडकमा बस तेर्स्याई चाबी लिएर हिँडेका छन्।
चाबी लिएर गएका छन्, यतिका बस हटाउन सम्भव नै छैन,’ ट्राफिक महाशाखा प्रवक्ता प्रहरी उपरीक्षक सञ्जीव शर्मा दासले भने, ‘यातायात कार्यालयमा वार्ता भइरहेको छ।’
कार्यालय समयमा व्यवसायीले सडकमा बस तेर्स्याएपछि यात्रुलाई सास्ती भएको छ भने काठमाडौं उपत्यकाको सवारी अस्तव्यस्त बनेको छ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले पटक-पटक भाडा समायोजन गर्न आग्रह गर्दा पनि बागमती प्रदेश सरकारले वास्ता नगरेपछि व्यवसायीहरू आक्रोशित बनेको बताए।
संघीय सरकारले गत असारमै भाडा समायोजनको निर्णय गरे पनि बागमती प्रदेश सरकारले लागु नगरेकाले व्यवसायी मर्कामा परेको उनले बताए।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।