शनिबार, कार्तिक ८ २०८३
ताजा अपडेट

एमाले तेस्रो धार ओलीको पाउमा लम्पसार, नेताहरूको असन्तुष्टि कुहिरोको काग बनेर हरायो !


  • सोमबार, असोज १८ २०७८
6.6K
SHARES

फाईल तस्बिर

नेकपा एमाले पार्टीमा पहिलो पुस्ताका नेताहरूको जुँगाको लडाइँ र ‘इगो’ समस्याले एमाले  विभाजित भइसकेको छ । एमालेमै लामो नेतृत्व प्रदान गरेका माधव नेपालले छुट्टै पार्टी नेकपा एकीकृत समाजवादी दर्ता गरिसकेका छन् ।

एमाले विभाजन हुनु भन्दा अगाडि एमालेमा तेस्रो धार भनेर चिनिएका भीम रावल,घनश्याम भुसाल, अष्टलक्ष्मी शाक्य,योगेश भट्टराई,रघुजी पन्त लगायत नेताहरू माधव नेपाल खेमामा रहेर पार्टी अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री समेत रहेका केपी ओलीलाई सार्वजनिक रूपमै तानासाही भनेर सडक आन्दोलनमै होमिएका हुन । तर अहिले परिस्थिति फरक बनेको छ । ओलीलाई तत्कालीन अवस्थामा तानासाही भनेका नेताहरू ओलीकै पाउमा लम्पसार परेजस्तो दृश्य देखिएको छ ।

भर्खरै एमालेले विधान महाधिवेशन सम्पन्न गरेको छ । पार्टी अध्यक्ष ओलीको  उग्र  विरोध गर्ने तानासाही भन्ने नेताहरू मौन छन् । विरोध छैन । दश बुधे सहमतिको नाममा पार्टी मिलिसक्यो भन्दै सार्वजनिक रूपमै भन्न थालेका छन् । यसो भनी रहँदा आम सर्बसाधरण भने अचम्ममा परेका छन् ।

ओलीलाई कमरेड नै नभन्ने र ओली तानासाह भएको भन्ने तेस्रो धारका नेताहरू ओलीमै मिसिएर मौन बन्नु अचम्मको कुरो भएको एक जानकार बताउँछन् ।

प्रतिनिधिसभामा दुई तिहाइ नजिक बहुमत भएको आफ्नै पार्टीका प्रधानमन्त्रीलाई कुर्सीबाट ओराल्न एमालेको माधव समूह छाडेका तेस्रो धार भनिने प्रमुख नेताहरूले पार्टी अध्यक्ष ओली विरुद्ध धेरै भन्न हुने नहुने नभन्ने तानासाही जस्ता कुराहरू बोलेका छन् ।

तर अब समय फेरिएको छ । अब पहिले विरोध गर्ने माधव समूहमा रहेर अहिले ओलीमै मिसिन गएका नेताले ओली समूहमा विलय भएसँगै उनीहरूले अब भन्नु पर्ने छ, श्रद्धेय अध्यक्ष ओलीबाट लोकतन्त्रको रक्षा र समाजवादको स्थापनार्थ दुई दुई पटक जन निर्वाचित प्रतिनिधिसभा विघटन गर्ने महान् कदम चाल्नुभएको रहेछ ।’

कि ओली सही होलान् कि यी नेताहरू । दुवै पक्ष एउटै मुद्दामा एकै पटक सही हुन सक्दैनन् । माधव नेपाल समूहमा रहेका एक नेता प्रश्न गर्छन्, ‘हाम्रा घनश्यामजीहरूलाई आफ्नो डिएनए फेर्न मुस्किल छ । उहाँले डिएनए बदल्नुभयो भने उनी अहिलेका घनश्याम बाँकी रहनु हुनेछैन । घनश्यामजीहरूको सुविधाको लागि ओलीजीले त आफ्नो डिएनए त बदल्नु हुँदैन होला रु’

‘भूमिकाविहीन ठाउँमा केही आशा लाग्दा नेताहरू मुख बन्द गरेर बस्नेछन् । बोल्न चाहेको कुरा बोल्न पाउने छैनन् । बोल्न सक्नेछैनन् । बोले पनि त्यसको अर्थ केही हुने छैन,’ ती नेता भन्छन्, ‘गुरु भट्टराई र महेश बस्नेतहरू बढी सुनिने बालकोटमा घनश्याम भुसाल र सुरेन्द्र पाण्डेको बौद्धिकता कुहिरोको काग बनेर हराउनेछन् ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा