नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बहुमत दिलाएर नेतृत्व छाड्ने बताएका छन् ।
पार्टीको विधान महाधिवेशन आइतबार सम्बोधन गर्दै ओलीले भने, ‘बहुमतमा पुर्याएर यस्तो उस्तो कुनै मधुकैटवले हल्लाउन नसक्ने सुदृढ स्थितिमा पुर्याएर छोड्ने हो ।’
उनले पार्टीका अगुवा र प्रिय साथीका रुपमा आफूमाथि देखाएको विश्वासमा एक इन्च पनि तलमाथि हुन नदिने बताए ।
सभामा विधान संशोधन प्रस्ताव, सङ्गठनात्मक प्रस्ताव र राजनीतिक प्रतिवेदनमा समूह छलफलमा उठेका प्रश्नहरूको जवाफ प्रस्ताव तथा प्रतिवेदन प्रस्तोता नेताहरूले दिएका थिए ।
आजै सम्मेलन केन्द्रमा स्थायी कमिटी बैठक पनि भएको थियो । विधान महाधिवशन ओलीमय भएको, पार्टीको साटो व्यक्तिलाई प्राथमिकता पाएको भन्दै आलोचना भइरहेका बेला ओलीले यो विरोधीहरुले एमालेमाथि गरेको हमला भएको बताए । उनले आफू बाँचेको र जनता–कार्यकर्ताले आफूलाई माया गरेकामा एमाले विरोधीहरु चिन्तित रहेको समेत टिप्पणी गरे ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।