माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पूर्वका दरिलो खम्बा मानिने दुर्गा प्रसाईं एकाएक प्रचण्डलाई राउन्ड किक हान्दै एमाले अध्यक्ष ओली सँग नजिकिएका छन् ।
विएण्डसी मेडिकल कलेजका सञ्चालक तथा समाजसेवी दुर्गा प्रसाईं नेकपा एमालेको विधान महाधिवेशनमा झापाबाट प्रतिनिधि बनेका छन् । एमालेको विधान महाधिवेशनमा दुर्गा प्रसाईंको सक्रियता अहिले चर्चाको विषय बनेको छ ।
नेकपा एकीकरण गराउदा ताका राम्रै भुमिका खेलेका प्रसाईं अहिले झापाबाट एमालेको विधान महाधिवेशन समितीमा परेसंगै प्रचण्ड संग समन्ध चिसिएको बुझिएको छ ।
एमाले बिधान महाधिवेशनमा सक्रिय रहेका दुर्गा प्रसाईंले क्यानाडा नेपालसंग भने,का छन् । एमाले पार्टीमा अडिनुको कारण अध्यक्ष केपी ओलीको भिजन प्रति आकर्षित भएको उनको तर्क छ ।
देश बनाउने भिजन चाहिन्छ त्यो ओलीमा पाएको छु र म पनि मेडिकल व्यवसायबाट पनि नेपाललाई विकास गर्न सकिन्छ भन्ने मान्यता बोकेर हिडेको र मलाई एमाले पार्टीले साथ सहयोग गरेकोले मैले माओवादी केन्द्र छोडेको हुँ उनले भनेका छन् ।
माओवादी केन्द्र र प्रचण्डसंगको २० वर्षको सहकार्य यत्ति सजिलै छोड्न सक्नुभयो भन्दा प्रसाईंले भने, मैले धोका दिएको होईन प्रचण्ड अहिले नारायण काजीको समुहहरु संग घेरीनु भएको कारण माओबादी छोडेको उनको तर्क थियो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।