आइतबार, असोज ३१ २०७८
ताजा अपडेट

राष्ट्रिय उद्योग व्यापार संगठन टोखाको अध्यक्षमा रमेश श्रेष्ठ निर्वाचित


  • KTM Khabar
  • शनिबार, असोज १६ २०७८
2K
SHARES

१६ असोज, काठमाडौँ । नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको टोखा नगर कमिटी अध्यक्षमा युवा व्यवसायी रमेश श्रेष्ठ निर्वाचित भएका छन् ।

बिहीबार भएको नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन टोखा नगर कमिटीको प्रथम सम्मेलनले श्रेष्ठलाई अध्यक्ष पदका लागि निर्वाचित गरेको हो ।

धापासीमा रहेको फ्रेण्डशिप क्याफेमा भएको सम्मेलनले श्रेष्ठको नेतृत्वमा १५ सदस्य कार्यसमिति चयन गरेको जनाइएको छ ।

नवनिर्वाचित अध्यक्ष श्रेष्ठ फ्रेण्डशिप क्याफेका सञ्चालक, नौलाखा साकोसका कोषाध्यक्ष र ज्ञान चक्षु इङ्लिस स्कूलका संस्थापक डाइरेक्टर समेत हुन् ।

बिहीबार नै अध्यक्ष श्रेष्ठ तथा नवनिर्वाचित पदाधिकारीले पद तथा गोपनीयताको शपथ गरेका छन् ।

अध्यक्षमा निर्वाचित भएसंगै श्रेष्ठले केटिएम खबरसंगको कुराकानीमा भने, ‘नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनमा आबद्ध रहनु मात्र पनि मेरो लागि ठुलो कुरा हो । अझ नगर कमिटीको नेतृत्वमा आउनु झनै ठुलो कुरा बनेको छ ।’

अग्रज व्यावसायीहरुले देखाउनु भएको विश्वासका कारण अध्यक्षमा निर्वाचित भएको छु । श्रेष्ठ भन्छन्, ‘खुसीसँगै जिम्मेवारी थपिएको छ । यस स्थानसम्म आइपुग्न सहयोग गर्नुहुने सम्पूर्णलाई धन्यवाद दिन्छु ।’

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य कुमार पौडेलको प्रमुख आतिथ्ययतामा गरिएको नगर कमिटीको प्रथम सम्मेलन कार्यक्रममा नेपाल उद्योग व्यापार संगठनका उपाध्यक्ष श्याम श्रेष्ठ, नेकपा माओवादी केन्द्र बागमती प्रदेश सदस्य कल्पना शर्मा, राष्ट्रिय उद्योग व्यापार संगठन काठमाडौँ जिल्ला अध्यक्ष दिल बहादुर महर्जन, राष्ट्रिय उद्योग व्यापार संगठन काठमाडौ जिल्ला सचिव शेखर श्रेष्ठ, काठमाडौँ जिल्ला सदस्य धर्म डंगोल, टोखा नगर अध्यक्ष दीपक बानिया लगायतको उपस्थिति रहेको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा