साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को रचनामा ‘दिन बित्यो प्रभु वर्ष बित्यो’ भजनको म्युजिक भिडियो सार्वजनिक भएकोे हो। भजनमा स्वर गायक सुर्य राई दनुवारको रहेको छ ।
भजनको संगीत स्वयं सुर्य राई दनुवारको रहेको छ। उक्त भिडियोमा कलाकारहरू प्रमोद चौधरी, बिरेन्द्र साह,मुकेश कुमार साह,राकेश यादव,बिनिता माझी,सन्ध्या माझी,सुनिता माझी आदिको अभिनय रहेको छ।
म्युजिक भिडियोको सम्पादन कक्ष बि स्क्वायर मिडियाको तर्फबाट बिश्वास भण्डारीबाट गरिएको हो भने भिडियोको निर्देशन रोशन राणा मगरद्वारा गरिएको हो। छाँयाकन/ड्रोन बिशाल राज राईको रहेको छ।
गीतको एरेन्जर संजय हमालले गरेको थियो भने मिक्स/मास्टरिङ बिसन मानन्धरबाट गरिएको थियो।पर्यटकिय क्षेत्र नुनथर,रौतहटको धार्मिक एवं पर्यटकीय क्षेत्रमा सुटिङ गरिएको थियो।ई दनुवार कलाकार तथा सांस्कृतिक समाजको प्रस्तुतिमा अमर म्युजिक च्यानल मार्फत भजन सार्वजनिक भएको हो।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।