शनिबार, साउन ९ २०८३
ताजा अपडेट

अख्तियारले छापा मारेको विरोधमा जसपाका युवाहरूले देखाए सडकमा तमासा !


  • शनिबार, असोज १६ २०७८
8.4K
SHARES

फाईल तस्बिर

मुख्यमन्त्री कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको विरोधमा जनता समाजवादी पार्टी जसपाका युवाहरुले शनिबार साँझ प्रदेश २ का जिल्लामा मसाल जुलुस निकालेर सडकमा तपासा देखाएका छन् ।

प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामसहित अन्य जिल्लाका सदरमुकामहरुमा पार्टी निकट विद्यार्थी तथा युवाहरुले मसाल जुलुस प्रदर्शन गरेका छन् ।

मसाल प्रदर्शन गर्ने क्रममा उनीहरुले जनकपुरधाममा अख्तियारविरुद्व नाराबाजी गरेका थिए । ‘ओलीको अख्तियार गुण्डा मुर्दावाद, मधेशविरोधी अख्तियार मुर्दावाद, संघीयता विरोधी अख्तियार मुर्दावाद, मधेश बिरोधी अख्तियार प्रमुख राजीनामा दे’ सहितका नारा लगाएका छन् ।

स्थानीय रेल्वे स्टेशनबाट निकालिएको मसाल जुलुस जनक चोकमा गएर टुंगिएको थियो । सप्तरी सदरमुकाम राजविराजमा स्थानीय शिव मन्दिर प्राङ्गणबाट निकालिएको मसाल जुलुस जनआन्दोलन चोकमा गएर टुंगिएको थियो ।

अख्तियारले छापा मारेपछि जसपाको प्रदेश समितिले जिल्लाहरुमा मसाल जुलुस प्रदर्शन गर्न आह्वान गरेको थियो । विरोधका कार्यक्रम अन्तर्गत आइतबार जिल्ला सदरमुकामहरुमा विरोध प्रदर्शन गरिने जसपाले जनाएको छ ।

प्रदेश २ सरकारले सञ्चालन गरेको बेटी बचाऊ, बेटी पढाऊ कार्यक्रम अन्तर्गत छात्रालाई साइकल वितरण गर्दा भ्रष्टाचार भएको भन्दै बुधबार अख्तियारको टोलीले मुख्यमन्त्री कार्यालयमा छापा मार्दै कागजात नियन्त्रणमा लिएको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा