मंगलबार, कार्तिक ४ २०८३
ताजा अपडेट

प्रचण्ड लाई बास्कोटाको ठाडो चेतावनी, काभ्रेमा चुनाव हराएर देखाउन दिए चुनौती !


  • शनिबार, असोज १६ २०७८
10.2K
SHARES

फाईल तस्बिर

नेकपा एमालेका नेता एवं पूर्व मन्त्री गोकुल बास्कोटाले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल  प्रचण्ड लाई काभ्रेमा आफूसँग निर्वाचनमा प्रतिस्पर्धा गरी विजयी हुन चुनौती दिँदै प्रचण्ड र माओवादी पार्टीलाई चुनावबाटै खरानी बनाउने  उद्घोष गरेका छन् ।

शिक्षक सङ्गठन काभ्रेले आयोजना गरेको बृहत् जिल्ला भेलामा  बोल्दै पूर्व मन्त्री बास्कोटाले माओवादी पार्टीले राजनीतिकरुपमा काग्रेंसको पुच्छर समातेर समाजवाद ल्याउने भनेर प्रचण्ड नेतृत्वको माओबादीले आत्महत्या गरिसकेको उनको भाषणमा उल्लेख छ । ।

‘भौतिक रूपमा हिट्लरले आत्महत्या गरे जस्तो अध्यक्ष प्रचण्ड तपाई ले आत्म हत्या नगर्नु भन्दै बास्कोटाले भने, तर तपाईँको पार्टीले आत्महत्या गरिसकेको छ’ ‘काँग्रेसको पुच्छर समातेर बैतर्नी तर्न खोज्दैमा समाजवाद आउन सक्दैन ।

श्रीमान् प्रचण्ड काभ्रेमा चुनाव लड्न आउनुस्, तथ्यमा बहस गर्नुस्, बैक लुट्नेहरू, विद्यालय, स्वास्थ्य चौकी, पुल पड्काउनेहरूले लगाएको आरोपका सन्दर्भमा फेस टु फेस बहस गर्न तयार रहेको बास्कोटाको उद्घोष थियो । ‘तथ्य र आधार हिन आरोप लगाउँदै नहिड्न समेत आग्रह गरेका थिए ।

केही दिन अघी मात्र एकीकृत माओवादीले आयोजना गरेको एक कार्यक्रममा प्रचण्डले गोकुल बास्कोटाको नाम नलिई बास्कोटाका बारेमा आलोचना गरेका थिए । त्यसको प्रतिउत्तर काभ्रेमै गएर गोकुल बास्कोटाले ठाडो रूपमा दिएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा