शनिबार, साउन ३० २०८३
ताजा अपडेट

ओलीको कुम्भमेला नक्कली राष्ट्रवाद पपुलिज्म र व्यक्ति पूजाको ककटेल मात्र हो : बाबुराम


  • शनिबार, असोज १६ २०७८
9.3K
SHARES

फाईल तस्बिर

जनता समाजवादी पार्टी जसपा नेपालका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले ओलीको कुम्भमेला नक्कली राष्ट्रवाद पपुलिज्म र व्यक्ति पूजाको ककटेल भएको टिप्पणी गरेका छन् । लुटको धन फुपूको श्राद्ध गरेर जनतालाई एमाले अध्यक्ष केपी ओलीले झुटको खेती गर्न लागेको भट्टराई को आरोप छ ।

सामाजिक संजालमा टिप्पणी गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले  ओलीले जनता झुक्काउन लागेको सङ्केत गरेका छन् । भट्टराईले नक्कली राष्ट्रवाद, नृजातीय अहङ्कारवाद, पपुलिज्म र व्यक्ति पूजाको ककटेलले अन्त स्टालिन, हिटलर र फासीवाद जन्माउने भएकोले सबैलाई चेतना भया भनेर ट्विट गरेका छन् ।

भट्टराई लेख्छन्, ‘खड्गप्रसादको कुम्भमेला निभ्ने बेलाको बत्ती हो । लूटको धन फुपूको श्राद्ध गरेर सोझा जनतालाई केही समय भ्रममा पार्न सकिएला तर अन्तमा देशले ठुलो मूल्य चुकाउनुपर्नेछ । नक्कली राष्ट्रवाद, नृजातीय अहङ्कारवाद, पपुलिज्म र व्यक्ति पूजाको ककटेलले अन्तः स्टालिन, हिट लर र फाँसीवाद जन्माउने हो । चेतना भया १’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा