शनिबार, कार्तिक ८ २०८३
ताजा अपडेट

ठुलो अनिष्ठ निम्त्याउने के हो साढेसात शनि दशा ? शनि शंकट हटाउन के उपाय गर्ने ?


  • शनिबार, असोज १६ २०७८
9.7K
SHARES

फाइल तस्विर

शनि देव कर्मको हिसाबले फल प्रदान गर्ने गर्छन् भन्ने विश्वास गरिन्छ । नराम्रो काम गर्नेहरुसँग शनि देव रिसाउने र सजाय दिन्छन् भन्ने पनि विश्वास गरिन्छ । ज्योतिषका अनुसार शनिवार केही यस्ता कामहरु गर्न हुँदैन । ती कामहरु गर्दा शनि ग्रह कमजोर हुन्छ ।

के हो साढे सात दशा ?

ज्योतिषका अनुसार साढे सात दशाले ठुलो अनिष्ठ निम्त्याउँछ । मानिसको मृत्युसम्मै हुनसक्ने दशा हो, साढेसाती । शनिको दशा र बक्र दृस्टी जसमा पर्छ उनीहरुले शारीरिक समस्या, मानसिक कष्ट, आर्थिक कष्ट, र रोग आदि लगायतको समस्याहरु झेल्नु पर्छ । शनि ग्रहलाई न्याय र कर्मफलको कारक ग्रहको रुपमा चिन्ने गरिन्छ। अपवादका रुपमा मात्रै मानिसलाई साढे सात दशाले लाभ गर्छ । नत्र तपाईको दशाले पुरै परिवार अनिष्ट गर्छ साढेसातीले । शनिको साढे सातको दशा कुण्डलीको अध्ययन गरेर मात्रै थाहा हुन्छ । ज्योतिषको अनुसार शनि ग्रहको साढे सातको दशा ७ वर्षसम्म चल्छ ।

शनिको साढे सात दशाको दोष निवारण गर्ने उपाए :

-शनिबार पारेर फलामका सामाग्री शनिदेवको मन्दिरमा चढाउनुपर्छ ।

-हरेक शनिबार शनिको पुजा गर्नुहोस्

-पिपलको बोटमा पनि विशेष पूजा गर्नुहोस् ।

-खुर्सानीमा पानी छर्कनु पनि राम्रो मानिन्छ ।

-शनिबार कालो तिल दान गर्नुहोस्।

-ज्योतिष शास्त्रका अनुसार छालाका जुत्ता र चप्पल पनि दान गर्दा शुभ मानिन्छ।

-हरेक हप्तामा शमीको रूखलाई पनि पूजा गर्नुहोस्।

-हर शनिबार हनुमानको सामुन्ने सर्सुको तेलको दीप बाल्नुहोस् ।

-नुवाईधुवाई गरी हनुमान चालीसाको पाठ गर्नुहोस् ।

एजेन्सीको सहयोगमा


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा