बर्तमान प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सदन सुचारु हुन दिएको छैन । सदनमा नाराबाजी लगाएर संसद् बैठक चल्न नदिने रणनीतिमा ओली नेतृत्वको एमाले छ । भर्खरै सत्ताबाट बहिर्गमन भएका ओली सदन चल्न नदिएरै पुन विगठन गरेर चुनावमा जने बताई रहेका छन् ।
गठबन्धन सरकारको नेतृत्वकर्ता काँग्रेस सभापति शेरबहादुर देउवा ओलीको प्रवृत्ति ठिक नभएको र सदनलाई बन्धक बनाउने काम गर्नु ठिक नभएको बताई सकेका छन् ।
बिगामा झन्डै दुई तिहाइको बहुमत पाएर ओली प्रधानमन्त्री बनेका थिए । आफ्नै पार्टी र सरकार चलाउन नसक्दा ओलीले साढे दुई वर्षमा सत्ता बाट बाहिरिनु पर्यो ।
सत्ता गुमाउनु परेको पीडा र आफूले कारबाही गरेका सांसदलाई सभामुखले कारबाही नगरेको जस्ता विभिन्न बखेडा झिकेर झन्डै एक महिनादेखि प्रतिनिधि सभा अवरुद्ध गरेको प्रधानमन्त्री शेरबहादुर देउवाको रहेको छ ।
ओलीले दुई पटक विघटन गरेको सांसदलाई सर्वोच्च अदालतले पुनः स्थापना गरिदिए पछि गठबन्धन सरकार बन्यो सो कुरा ओलीलाई मन परेको थिएन । त्यसैले ओली नेतृत्वको एमालेले सदन अवरुद्ध गर्दै आएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले कानुन मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई ओली निवास पठाएर सदन खोल्न ठाडो चेतावनी दिएको प्रधानमन्त्री स्रोत बताउँछ ।
देउवाले एमालेले विगतमा पनि ५७ दिनसम्म संसद् अवरोध गरेर संसदीय व्यवस्थाको खिल्ली उडाएको सन्देश कार्कीमार्फत ओलीलाई दिन खोजेको बताइएको छ ।
ओलीले संसद् अवरोध गरेर सरकारलाई काम गर्न समस्या बनाएपछि देउवाले आफ्ना विश्वासपात्र मन्त्रीमार्फत एमाले र ओलीलाई प्रतिपक्षको भूमिका र औकातमा बस्न घुमाउरो भाषामा चेतावनी दिएको समेत जानकारहरू बताउँछन् । तर अझै ओली संसद् विघटन गरेर चुनावमा जानु पर्ने अड्डी कसी रहेका छन् ।