शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

गठबन्धन टिक्ने वा टुक्रिने भन्ने परिस्थितिले नै निर्धारण गर्छ : केसी


  • शुक्रबार, असोज १५ २०७८
12.2K
SHARES

फाईल तस्बिर

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अहिलेको सरकार संवैधानिक व्यवस्थाअनुसार नै बनेको बताएका छन् ।

प्रगतिशील पत्रकार सङ्घ बागलुङद्वारा आयोजित पत्रकार भेटघाटमा उनले यस्तो बताएका हुन् । सरकारले ल्याएको अध्यादेश बाध्यताको उपज भएको बताउँदै अध्यक्ष केसीले अहिलेका पाँच दलीय गठबन्धन टिक्ने वा टुक्रिने भन्ने परिस्थितिले नै निर्धारण गर्ने बताएका छन् ।

सरकारले ल्याएको २० प्रतिशत केन्द्रीय सदस्य वा सांसद भए दल विभाजन गर्न सकिने प्रावधान राखेर राजनीतिक दल सम्बन्धी अध्यादेश खारेज भइसकेपछि अध्यक्ष केसीले यसबारे मुख खोलेका हुन् ।

त्यस क्रममा उनले ठुला राजनीतिक दलले राजनीतिलाई व्यापार बनाएको आरोप लगाए । ‘व्यवस्था परिवर्तन भए पनि ठुला दलको प्रवृत्ति सुध्रिएन । प्रवृत्ति नसुध्रिएका कारण राष्ट्रियता र गणतन्त्र धरापमा परेको छ ।’ उनले भने, ‘दलका रिसले राजतन्त्र मागिरहेका छन्, हामीले सङ्घर्ष गरी ल्याएका गणतन्त्रमा कसरी धावा बोलिँदै छ ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा