शनिबार, कार्तिक ८ २०८३
ताजा अपडेट

एमाले शीर्ष नेता र प्रभु साह बीचको वार्ता असफल


  • शुक्रबार, असोज १५ २०७८
12.6K
SHARES

फाईल तस्बिर

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलको नेतृत्वमा विहीबार राति पूर्व माओवादी नेता प्रभु साहसँग भएको वार्ता सहमतिमा नपुगी टुंगिएको छ । आफ्नो ८ बुँदे माग लिखित रुपमा सम्वोधन नभएसम्म विधान महाधिवेशनमा उपस्थित नहुने अडानबाट प्रभु साह टसको मस भएका छैनन् ।

बिहीबार राति अबेरसम्म एमाले मुख्यालयमा महासचिव ईश्वर पोखरेल, संगठन विभाग प्रमुख विष्णु पौडेल र शंकर पोखरेल लगायतको टोलीले पूर्वमन्त्री प्रभु साहसँग वार्ता गरेका थिए । छलफलका क्रममा एमाले नेताहरुले एउटा विज्ञप्तिमार्फत प्रभु साहको ८ बुँदे मागलाई सम्वोधन गर्ने प्रतिवद्धता जनाउन तयार रहेको बताएका थिए । विज्ञप्ति जारी गरेपछि विधान महाधिवेशनमा साहले सहभागिता जानाउनुपर्ने एमाले नेताहरुले आग्रह गरेका थिए ।

पूर्वमाओवादीबाट रामबहादुर थापा बादलसँगै एमालेमा प्रवेश गरेका प्रभु साह औपचारिकरुपमा केन्द्रीय सदस्यको जिम्मेवारीमा छन् । तर, उनी एमालेका बैठकहरूमा सहभागी हुने गरेका छैन । सहभागी भएका केही बैठकमा पनि उनले माइन्युटमा हस्ताक्षर नगरी हिँड्ने गरेका छन् । आजबाट सुरु हुने विधान अधिवेशनमा पनि आफ्ना ८ बुँदे मागहरु पूरा नभएसम्म साहले उपस्थित नहुने बताउँदै आएका छन् ।

विधान अधिवेशनमा साहलाई उपस्थित गराउनका लागि एमाले नेताहरुले साहलाई फकाउने प्रयास जारी राखेका छन् । यही क्रममा बिहीबार बिहान एमाले अध्यक्ष ओलीले साहलाई बालकोटमा बोलाएर छलफल गरेका थिए । चाँडै पार्टीको स्थायी कमिटी सदस्यमा समायोजन गर्ने ओलीले आश्वासन दिए पनि साहले व्यक्तिगत रुपमा नभएर पूर्व माओवादी समूहका सबै साथीहरुको समायोजन र सम्मान हुनुपर्ने बताएका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा