शनिबार, साउन ३० २०८३
ताजा अपडेट

विधान महाधिवेशन: ओलीलाई देवत्वकरण गरे जस्तो झलक, नीतिमुखी हैन नेतामुखी देखियो !


  • शुक्रबार, असोज १५ २०७८
10.7K
SHARES

फाईल तस्बिर

एमालेको विधान महाधिवेशन हुँदै छ । एमालेले यो विधान महाधिवेशनलाई नेतामुखी नभएर नीतिमुखी हुने स्पष्टै बताएको छ । तर महाधिवेशनको झलक पुराका पुरा पार्टी अध्यक्ष केपी ओलीलाई देवत्व करण गरे जस्तो देखिन्छ । नीतिमुखी नभएर नेतामुखी नभएको आरोप आम जनताले विभिन्न सामाजिक सञ्जालमा पोखेका छन्  ।

आगामी मङ्सिर मा हुने दसौँ महाधिवेशनले नेतृत्व चयन गर्ने भनिए पनि यो महाधिवेशन नीति निर्माणमै केन्द्रित हुने नेताहरूले बताएका छन् । नीति निर्माणमा तड्क भडक नगर्ने भनिएको महाधिवेशन ओली मय बनेको छ । एकातिर एमालेको जग हाल्दा देखिका नेताहरू पार्टी अलग भएर हिँडेका छन् । माधव नेपाल,झालनाथ खनाल, बामदेव गौतम लगायत नेता एमालेको अधिवेशनमा छैनन् ।

महाधिवेशन स्थलमा ओलीलाई देवत्व करण गरेकै शैलीमा स्ट्याचु निर्माण गरिएको छ । सो केपी ओलीको स्ट्याचुमा सेल्फि खिच्नेको भिड छ । यति सम्म मात्र हैन पार्टी अध्यक्ष ओलीलाइ महाधिवेशन स्थल सम्म  कार्यकर्ताले  स्कर्टीङ गरेर लैजाने कार्यक्रम छ । पोल पोलमा ओलीका चित्र टाँगिएको छ । विधान महाधिवेशन नीति मय होला नहोला तर ओलीमय देखिएको छ ।

आम सर्वसाधारणले सामाजिक सञ्जालमा ओलीको नीतिमुखी अधिवेशन नभएर आफै सर्वै सर्बा हुन लागेको बिरोधका आवाजहरू आउन सुरु भएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा