शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

प्रदेश २ : विपक्षीले माग्यो मुख्यमन्त्रीको राजीनामा, कुनै हालतमा राजीनामा नदिने मुडमा मुख्यमन्त्री


  • शुक्रबार, असोज १५ २०७८
9.6K
SHARES

फाइल तस्विर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा छापा मारेपछि विपक्षी दलले मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गरेका छन् । तर अख्तियारको छापा मार्ने शैली नियोजित षडयन्त्र भएको भन्दै कुनै हालतमा राजीनामा नदिने मुडमा मुख्यमन्त्री लालबाबु राउत रहेको स्रोत बताउँछ ।

अख्तियारले प्रदेश सरकारको ‘बेटी बचाउ बेटी पढाउ’ अभियान अन्तर्गत खरिद गरिएको साइकलमा व्यापक अनियमितता भएको भन्दै मुख्यमन्त्रीको कार्यालयमै छापा मारेर विभिन्न फाइल नियन्त्रणमा लिएपछि विपक्षीहरुले मुख्यमन्त्री राउत पदमा रहिरहन नमिल्ने बताएका छन् ।

अख्तियारले छापा मारेको विषयलाई लिएर मुख्यमन्त्री राउतले भने आपत्ति जनाएका छन् । यद्यपि उनको दल जसपा नेपालले भने यसबारे केही प्रतिक्रिया दिएको छैन । प्रदेश २ का विपक्षी दलहरुले भने मुख्यमन्त्रीकै कार्यालयमा अख्तियारले छापा मारेको भन्दै नैतिकताका आधारमा पनि मुख्यमन्त्री राउत पदमा बसिरहन नमिल्ने तर्क गरेका छन् ।

प्रमुख प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्टी नेपालका प्रदेशसभा सदस्य परमेश्वर साहले साइकल खरिद र वितरणको फाइलका लागि पटकपटक ताकेताका गर्दा पनि नबुझाएपछि बुधवार अख्तियारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेको भन्दै अख्तियारको कदमको स्वागत गरेका छन् ।

मुख्यमन्त्रीमाथि गम्भीर आरोपसहित अख्तियारले मुख्यमन्त्री कार्यालयमै आएर छापा मारेपछि नैतिक प्रश्न खडा भएको भन्दै प्रदेशको इज्जत जोगाउनका लागि पनि नैतिकताको आधारमा मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने विपक्षी दलहरूको भनाइ छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा