शनिबार, साउन ३० २०८३
ताजा अपडेट

असफलतामा रोज्ने बाटो आत्महत्या हो, प्रचण्डको भाषण निराशा र कुण्ठाको स्वभाविक अभिव्यक्ति: थापा


  • शुक्रबार, असोज १५ २०७८
14.5K
SHARES

फाईल तस्बिर

पुर्ब प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहाकार एमाले नेता सूर्य थापाले प्रचण्डमाथि युवाहरुलाई आत्महत्या गर्न सार्वजनिक रुपमा दुरुत्साहन आरोप लगाउदै कुण्ठा ब्यक्त गरेको आरोप लगाएका छन् ।

हिजो विहीवार अखिल क्रान्तिकारीको सम्मेलनलाई सम्बोधन गर्दै आफूले भगत सिंहका सहयात्री चन्द्रशेखरले जस्तै आत्महत्या गर्न खोजेको प्रचण्डले अभिब्यक्ति दिएका थिए ।

सुर्य थापाले प्रचण्डको भाषणप्रति टिप्पणी गर्दै त्यसलाई निराशा र कुण्ठाको अभिव्यक्ति भनेका छन् ।

थापाले भने, ‘हिटलरले पनि आखिरीमा आत्महत्या नै गरेको थियो । हारेको जुवाडे, चरम महत्वाकांक्षी, युद्धबन्दी र रक्तपिपासुले असफलतामा रोज्ने बाटो अन्ततः आत्महत्या बाहेक अर्को हुन सक्दैन ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा